Breaking News

मानव अधिकारको लडाईँमा आयोगले कसैसंग कुनै सम्झौता नगर्ने

काठमाण्डौ, २७ असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको लडाईँमा आयोगले कसैसंग कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

बुधबार ललितपुरमा अपांगता भएका व्यक्तिहरूको मानव अधिकार अवस्था राष्ट्रिय प्रतिवदेन सार्वजनिक गर्दै शर्माले मानव अधिकारको लडाईमा आयोग निर्धक्क भएर अघि बढ्ने समेत बताए ।

उनले मानव अधिकारमा मुद्धामा गरिएका सिफारिसका विषयमा यसअघिका सरकार नै नाखुस रहेको उदाहरण रहेको भन्दै वर्तमान प्रधानमन्त्री केपी ओलीले भने सकारात्मक सहयोगको आश्वासन दिएको उल्लेख गरे ।

आयोगले कसैलाई खुसी पार्नका लागि काम गर्ने नभई संविधानले तोकेको आधिकारलाई टेकेर मिसनमा अघि बढ्ने उनको भनाइ छ । शर्माले आयोगलाई अधिकार नामका लागि मात्र दिइएको गुनासो गर्दै सरकारको सहयोग आवश्यक रहेको जिकिर गरे ।

अपांगता भएका व्यक्तिहरूको मानव अधिकार अवस्था राष्ट्रिय प्रतिवदेनमा अपांगता भएका व्यक्तिहरूको मानवअधिकार हननका १ सय ५५ वटा मुद्धा सरकारसमक्ष सिफारिस गरिएको उल्लेख गरिएको छ ।

shares