Breaking News

चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक (भिडियोसहित)

काठमाण्डौ, २७ असार । यही असार २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा रियल जोडी सलोन बस्नेत र करिश्मा श्रेष्ठको जोडदार अभिनय रहेको छ ।

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘बाबु कान्छा’को ‘मेरो पहिलो प्रेम’ बोलको रोमान्टिक गीत शुशील पंगेनीको शब्दमा बनेको हो भने गीतमा कमल खत्री र सुधा रत्नले स्वर भरेका छन् ।

टंक बुढाथोकीको संगीत रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । लमजुङको घले गाउँमा छायांकन गरिएको गीतमा हिमालको मनमोहक दृश्यावली समावेश गरिएको छ ।

चलचित्र ‘ए मेरो हजुर २’बाट निकै तारिफ पाएका सलोन बस्नेतसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल , गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।
‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रूपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’ गीतलाई रिमिक्स गरेका हुन् ।

भिडियो हेर्नुहोस्-

shares