Breaking News

अाव २०७५/०७६ को लागि मौद्रिक नीति सार्वजनिक

काठमाण्डौ, २७ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर चिरञ्जीवी नेपालले बुधबार एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिले उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा जोड दिएको छ । शैक्षिक प्रमाणपत्रको धितोमा प्रदान गरिने कर्जा उपलब्ध गराइने व्यवस्था पनि मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

त्यसैगरी आर्थिक रुपमा विपन्न, सीमान्तीकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि उपलब्ध गराइने कर्जा र दलित समुदायलाई व्यवसाय गर्न सामूहिक जमानीमा उपलब्ध गराइने कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने व्यवस्था मिलाइने व्यवस्था गरेको छ।

यस्ता कर्जा प्रवाह गर्दा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था पनि गरिएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ हेर्नुहोस्-

[pdf-embedder url=”https://himalayatv.com/wp-content/uploads/2018/07/Monetary_Policy_in_Nepali-2075-76_Full_Text-new-2.pdf” title=”Monetary_Policy_(in_Nepali)–2075-76_(Full_Text)-new”]

shares