Breaking News

जापानमा अाएको दशककै ठूलो बाढीमा मर्नेको संख्या १७९ पुग्यो, ७० बेपत्ता

जापान, २७ असार । पश्चिमी जापानमा भारी वर्षाले निम्त्याएको बाढी र पहिरोमा परी हालसम्म १७९ जनाको ज्यान गएको छ भने ७० जना हराइरहेका छन् ।

सन् २०११ मा फुकुसिमामा गएको भूकम्प र सुनामीपछिको यो सबैभन्दा भयानक प्राकृतिक विपत्तिको रूपमा लिइएको छ । वर्षाकै कारण यति ठूलो मानवीय क्षति भएको भने सन् १९८२ पछिको यो पहिलो घटना हो ।

गतहप्तादेखि परेको भीषण वर्षाको कारण अाएको बाढी र पहिरोले बस्ती पुरिएको र डुबानमा परेको कारण ८० लाखभन्दा धेरै मानिसलार्इ सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यका लागि जापानी सरकारले ७५ हजार उद्धारकर्मीहरूलार्इ खटाएको छ ।

चट्याङ र पहिरोको कारण खतरा बढ्न गर्इ अवस्था अझै गम्भीर हुन सक्ने अांकलन गरिएको छ । बुधबार बिहानै जापानी प्रधानमन्त्री शिन्जो अाबे अोकायामा क्षेत्रको सबैभन्दा धेरै बाढी-प्रभावित क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न पुगेका थिए । उद्धार कार्यमा ध्यान केन्द्रीत गर्दै अाबेले पूर्वनिर्धारित युरोप र मध्यपूर्वको भ्रमण योजना रद्ध गरेका थिए ।

shares