Breaking News

विश्वकप: दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र क्रोएसिया भिड्ने

काठमाण्डौ, २७ असार । फिफा विश्वकप फुटबलको एक्काइसौं संस्करणको दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र क्रोएसिया अामनेसामने हुँदैछन् ।

यी दुईबीचको खेल बुधबार राति ११:४५ बजे रसियाको लुजिन्सकी रंगशालामा  हुनेछ । यी दुई टोलीले हालसम्म आठ पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकोमा इंग्ल्याण्डले चार पटक जितेको छ भने क्रोयसियाले दुई पटक जित निकालेको छ । अाठमध्ये यी दुई टोलीले दुई पटक बराबरी खेलेका छन् ।

अाजको विजेताले उपाधिका लागि आगामी आइतबार फ्रान्ससँग भिड्नेछ । तेस्रो स्थानका लागि भने मंगलबार राति फ्रान्ससँग पराजित टोली बेल्जियमसँग अाज हार व्यहोर्ने टोलीले प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सन् १९६६ मा विश्वकप उपाधि उचालेयता इंग्ल्यान्डलार्इ ठूलो सफलता मिलेको छैन । युवा खेलाडीहरूले भरिपूर्ण इंग्ल्यान्ड इतिहास दोहोर्याउन चाहन्छ भने २० वर्षअघि सेमिफाइनलसम्मको यात्रा गर्न सफल क्रोएसिया अाफूलार्इ उपाधि दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।

क्रोएसियाले अन्तिम १६ मा डेनमार्क तथा क्वार्टरफाइनलमा आयोजक रसियालार्इ पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । इंग्ल्यान्डले पनि विश्वकपमा पहिलो पटक पेनाल्टी सुटआउटमा जित निकाल्ने क्रममा स्विडेनलाई अन्तिम ८ को खेलमा हराएको थियो ।

shares