Breaking News

थाइल्याण्डको गुफामा फसेका सबैको सकुशल उद्धार

बैंकक, २६ असार । दुई हप्तादेखि थाइल्याण्डको एउटा गुफामा फसेका १३ जनाको सकुशल उद्धार गरिएको छ ।

मंगलबारसम्म सबै १२ बालक र उनीहरूको फुटबल प्रशिक्षकको उद्धार भएको थाई अधिकारीहरूले जनाएका छन् । थाई उद्धार टिमले १२ बालक र उनीहरूको प्रशिक्षकको उद्दार सफल भएकोमा खुशी व्यक्त गरेको छ । उनीहरूको उद्दारका लागि पटक-पटक गरी एक हजार जना उद्धारकर्ता खटिएका थिए ।

तीनदिन अघि उद्दार कार्य सुरु गरिएको भएपनि अाज मात्र गुफामा फसेका सबैलाई उद्धारर गर्न सफल भएको हो । उद्धार सुरु भएको पहिलो दिन ४ जना बालकको उद्धार गरिएको थियो । त्यस्तै सोमबार ४ जना र अन्तिम दिन मंगलबार ४ बालक र उनीहरूको प्रशिक्षकको उद्धार भएको हो ।

गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक  र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफा हेर्न गएका थिए । ९ दिन अघि बेलायती गोताखोरले उनीहरू १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

shares