Breaking News

थाईल्याण्डकाे गुफामा थुनिएका ८ जनाकाे सकुशल उद्धार, बाँकी पाँचकाे अाज उद्धार हुदै

काठमाण्डौ २७ असार । थाइल्याण्डको एक गुफामा थुनिएका एक फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरूमध्ये ८ जनालाई सकुशल बाहिर निकालिएको छ ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ताअघि थुनिएकाहरुलाई सफलतापूर्वक बाहिर निकाल्ने प्रयास सफल भैरहेको छ । आइतबार चार जनाको उद्धार गरिएको र सोमबार थप चार जनाको उद्धार गरिएको हो ।

स्थानीय समयअनुसार सोमबार बेलुका पा“च बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टरमार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ ।

आज एक प्रशिक्षकसहित चार खेलाडीको उद्दार गरिदै छ । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौं दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।

shares