Breaking News

थाईल्यान्ड: गुफामा फसेका बाँकी ९ जनाको उद्धार गरिंदै

बैंकक, २५ असार । थाईल्यान्डको एउटा बाढीग्रस्त गुफामा गत जुन २३ देखि फसिरहेका बाँकी नौ जनाको उद्धार कार्य सुरु भएको छ ।

चार बालकहरूलाई आइतबार नै उद्धार गरी सुरक्षित स्थलमा लगिएको थियो भने आठ बालक र तिनका फुटबल प्रशिक्षक अझै गुफाभित्रै उद्धार पर्खिरहेका छन् । ती ४ बालकहरूको उद्धार गर्ने क्रममा पानीमुनि जाँदा लगाउनुपर्ने विशेष पोसाक र उपकरणहरू प्रयोग गरिएका थिए ।

अक्सिजनका ट्याङ्कीहरूलाई फेर्नुपर्ने भएकोले उद्धार कार्य राति रोक्नु परेको थियो । पानी पर्न रोकिएको समयको सदुपयोग गर्दै उद्धारको काम आइतबार थालेका थिए ।

चालीस थाई र ५० विदेशी गोताखोरहरू गुफाभित्र गरिएको उद्धारमा सहभागी छन् जसले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर ल्याउँछन् । त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु पर्ने बताइएको छ ।

shares