Breaking News

विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने ४ जना पक्राउ

काठमाण्डौ, २४ असार । महानगरीय प्रहरी परिसर, काठमाण्डौले विश्वकप फुटबलमा सट्टेबाजी (बेटिङ) खेलाएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धापासी निबासी वर्ष २५ का अमित श्रेष्ठ र प्रमोद रानाभाट, बालुवाटार निबासी वर्ष २५ कै अनिल भण्डारी र बसुन्धराका ३४ वर्षीय निरे भनिने निराजन पौडेल छन् । उनीहरू शनिबार साँझ बालुवाटारबाट पक्राउ परेका हुन् ।

उनीहरूले रुसमा जारी विश्वकपमा विभिन्न टिमहरूको हारजितको आधारमा विभिन्न व्यक्तिहरूबाट नगद लाभ लिने गरेको परिसरका डिएसपी मोहन थापाले बताए ।

प्रहरीले उनीहरूको साथबाट चारवटा मोबाइलसमेत बरामद गरेको छ ।

shares