Breaking News

कानुन मिचेर फेरी कार्कीलाई कृषि विकास बैंकको अध्यक्ष बनाउने तयारी

काठमाण्डौ १० जेठ । सरकारले कृषि विकास बैंक काे   अध्यक्षमा फेरी प्रमोद कार्कीलाई नियुक्त गर्ने तयारी गरेको छ ।

बैंक तथा वित्तिय संस्थाम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकले बैंकमा पाँचदेखि सात जना मात्र सञ्चालक रहन पाउने व्यवस्था भए पनि माओवादी र कांग्रेसबीचको सहमतिमा पहिलाकै जति नौ जना नै सञ्चालक समिति सदस्य राखेर कार्कीलाई पुन: अध्यक्ष बनाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कानून पृष्ठभूमीका कार्कीलाई २०७० सालमा तत्कालिन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्रा. डा. गजानन्द अग्रवाललाई हटाएर कृषी विकास बैंकको अध्यक्षमा नियुक्ति दिएका थिए । अहिले अर्थ मन्त्रालयकाे जिम्मेवारी माअाेवादीका नेता कृष्णबहादुर महराले पाएपनि कांग्रेसका पूर्वमन्त्रीहरु , सांसद र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल नै कार्कीलाई अध्यक्ष बनाउन लागेका छन ।

श्रोतका अनुसार त्यसमा अर्थमन्त्री महरा पनि सहमत भइसकेका छन । कार्कीले पुन: अध्यक्ष भएमा ४ बर्षका लागि काम गर्नेछन । अग्रवाललाई हटाएर नियुक्त गरिएको कारण कार्कीले २ बर्ष मात्र काम गर्न पाउने भए पनि सबै तिर सेटिङ मिलाएर उनले ४ बर्ष नै अध्यक्ष भएर काम गरिसकेका छन ।

उनी गत बैसाख ३१ गते ४ बर्षे कार्यकाल पुरा गरेर अवकासप्राप्त हुन । फेरी उनलाई ४ बर्षकाे लागि अध्यक्ष बनाउन चलखेल हुनलाई कतिपयले ठूला ऋण प्रवाहमा कार्कीकाे चलखेललाई लिएका छन ।

कानून पृष्ठभूमीका कार्की अर्थ मन्त्रालयकाे सहसचिव हुदै सचिवमा बढुवा भए पनि कानून अायोगकाे सचिवबाट अवकास पाएका थिए । न्याय सेवाका कार्काीलाई पर्यटन मन्त्रालयकाे सचिव बनाउने तयारी भएपछि त्यतीबेला ठूलो विरोध भएको थियो । विरोध चर्कीएपछि उनी पर्यटन सचिव बन्न पाएनन । अहिले पनि उनी सेटिङमै पुन कृषी विकास बैंककाे अध्यक्ष बन्न लागेकाे श्रोतकाे दावी छ ।   यो खबर अार्थिक दैनिकमा छ ।

shares