Breaking News

एसर्इर्इको नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप

काठमाण्डौ, ११ असार । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसर्इर्इको नतिजा प्रकाशनमा सरकारले लापरबाही गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसर्इर्इ नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो¥याउने गरी सत्य–तथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरे ।

भर्खरैमात्रै प्रकाशित गरिएको एसर्इर्इको नतिजालाई लिएर धेरै कुराहरू सुनिन थालेको भन्दै यसका बारेमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ । प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ति गरेको छ, त्यो छानविन हुनुपर्ने उनले बताए ।

साक्षात्कारमा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाए । विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोही पनि गम्भीर बन्न नसकेको भन्दै उनले सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारसंग आग्रह गरे ।

कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसर्इर्इको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए । त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाए ।

shares