Breaking News

विश्वकप २०१८: अाज २ समूहका ४ खेल हुने

काठमाण्डौ, ११ असार । विश्वकपमा सोमबारदेखि सुरु हुने तेस्रो चरणअन्तर्गतको खेलको पहिलो दिन चार खेल हुनेछन् ।

पहिलो खेलमा समूह विजेता र उपविजेता छुट्याउनका लागि उरुग्वे र आयोजक रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह एमा रहेका यी दुई टिम यस अघि नै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

आयोजक रसियाले समूह चरणको उद्घाटन खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले पाखा लगाएको थियो ।  त्यस्तै समूह  उरुग्वेले आफ्नो पहिलो खेलमा इजिप्टलाई १–० ले पराजित गरेको हो भने दोस्रो खेलमा साउदीलाई पनि १–० ले नै पराजित गरेको थियो ।

त्यस्तै आजै हुने अर्को खेलमा साउदी अरब र इजिप्टको भीडन्त हुनेछ । यद्यपि, यी दुई टिम समूह ‘ए’ बाट बाहिरिसकेका छन् । दुवै टिमले आफ्ना दुवै खेल हारेका कारण यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। समूह ‘ए’ का दुवै खेलहरू बेलुका ७:४५ बजे हुनेछन् ।

त्यस्तै समूह बी अन्तर्गतका खेलहरू पनि सोमबार नै हुनेछन् । सोमबार हुने खेलमा पोर्चुगलले मोरक्कोसँग खेल्नेछ भने स्पेनले इरानसँग भिड्नेछ । इरान १ खेलमा विजयी हुँदै तीन अंकका साथ समूह चरणको तेस्रो स्थानमा रहेको छ ।

उता स्पेन र पोर्चुगलको भने समान चार अंक रहेको छ । यी दुई टोलीले आफ्नो पहिलो खेलमा समान ३\३ गोलको बराबरी खेलेका थिए । मोरक्कोले भने दुवै खेलमा पराजय भोग्नु परेको थियो । समूह ‘बी’ का दुवै खेलहरू राति ११:४५ बजे हुनेछन् ।

shares