Breaking News

ट्रिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

झापा, १० असार । झापाको बुधबारेमा ट्रिपरले ठक्कर दिंदा आज एक मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ३ खेदीस्थित मेची राजमार्गमा इलामबाट झापा आउँदै गरेको मे७प ४१८२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको बा१क ६५८१ नम्बरको ट्रिपरले ठक्कर दिँदा बुद्धशान्ति गाउँपालिका ४ का २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बस्ने २५ वर्षीय साहिर शेर्मा लिम्बू गम्भीर घाइते भर्इ बिर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडले जनाएको छ ।

shares