Breaking News

एसईईको नतिजा प्रकाशित, नतिजा यसरी हेर्न सकिन्छ

माेहन बल्ल/ सानोठिमी, भक्तपुर ९ असार  । राष्ट्रिय परीक्षा बोर्डले गतबर्ष (२०७४ सालमा)  लिएकाे माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ पत्रकार सम्मेलनको अायोजना गरी यस बर्षकाे एसईईकाे नतिजा सार्वजनिक गरेकाे हो ।

यसवर्षको परीक्षामा नियमित तर्फ चार लाख ६३ हजार ६ सय ८९ परीक्षार्थी सहभागी भएका थिए  भने प्राविधिक तर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए ।

नियमिततर्फ ४ लाख ५१ हजार ५ सय ३२ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ २५ हजार १ सय ३८ जना सफल भएकाे परिक्षा बाेर्डले जनाएकाे छ ।

एसईई परिक्षा गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो । एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।

shares