Breaking News

नमुना बन्दै कपिलवस्तुकाे सर्पदंश उपचार केन्द्र

खगप्रसाद चापागाई/ कपिलवस्तु, ९ असार । स्थानिय समुदायको अगुवाईमा निरन्तर सञ्चालन हुदै आएको कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रले दिने सेवा नमुना बन्दै गएको छ ।

बिस २०६० मा शसस्त्र द्धन्दकालिन अवस्थामा नेपाली सेनाको व्यारेक भित्र आम जनताको आवतजावतले सुरक्षा संबेदनशिलतामा प्रभाव परि सर्पदंशका घटनालाई उपचार गर्न समस्या पर्दा सो केन्द्र स्थापना गरिएको हो । तत्कालिन नेपाली सेनाको चन्दनाथ गुल्मका गुल्मपति सेनानी श्री राम राणा र साबिक जयनगर गाबिस सहितका जिल्लाका सुरक्षा सयन्त्र, स्वास्थ्य सेवा प्रदायकको पहलमा तत्कालिन व्यारेकोको दक्षिण तर्फ पुर्व पश्चिम सडक मार्गको प्रतिक्षालयमा उपचार केन्द्रको स्थापना गरिएको थियो ।

अहिले उपचार केन्द्रमा कपिलवस्तु, रुपन्देही, अर्घाखाची, प्युठान, दाङ्ग र रोल्पा जिल्लाका सर्पदंशका बिरामी धेरै देखिएका छन । यस क्षेत्रमै उपचार केन्द्रको उत्कृष्ट सेवाका कारण उपचार केन्द्रमा उपचारका लागी आउनेको संख्या बढनुका साथै गुणस्तरीय सेवा पाउने गरेको सर्पदंशका बिरामी र बिरामीलाई उपचारका लागी ल्याउने कुरुवाहरु बताउछन ।

स्थानियस्तरमा गठित व्यवस्थापन समितीको अगुवाई र जिल्लाका स्थानिय तहको सहयोगमा १५ बर्ष देखी निरन्तर सेवा दिदै आएको उपचार केन्द्रले १० शैया क्षमताको आफनै भवन समेत निर्माण गरेको छ । हालसम्म यस केन्द्रबाट ८ हजार बढि सर्पदंशका बिरामीले उपचार सेवा लिएका छन ।

चालु आर्थिक बर्षको हाल सम्मको अवधीमा ४ सय ७५ जनाले केन्द्रबाट उपचार सेवा प्राप्त गरेको जानकारी दिदै प्रदेशमै सर्पदंशको उपचार सेवा दिने मध्य उपचार केन्द्र तर्फ बढि बिरामीलाई सेवा दिदै आएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गेका व्यवस्थापन समितीका सचिव तथा व्यवस्थापक नविन भण्डारीले जानकारी दिए ।
जिल्लाका सरकारी स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामीलाई रिफर गर्ने भए पनि आवश्यकिय उपकरण उपलब्ध गराउन सम्बन्धित पक्षको ध्यान जान सकेको व्यवस्थापन समितीका अध्यक्ष निल कुमार श्रेष्ठ बताउछन । केन्द्रमा तत्कालै ईलेक्ट्रोनिक अक्सिजन मेसिनको आवश्यकता देखिएको जनाउदै केन्द्रलाई नियमित र निरन्तर सञ्चालन गर्नका लागी मन्त्रालयस्तरबाट आवश्यक बजेट कार्यक्रमको व्यवस्था गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

स्थानिय समुदायको व्यवस्थापनमा नेपाली सेनाका स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्र नियमित सञ्चालनमा जिल्लाका स्थानिय तहले सहयोग गर्नु उदाहरणीय कार्य हो ।

shares