Breaking News

‘बहुअायामिक व्यक्तित्व श्रीहरि फुयाँल’ जीवनचित्र सार्वजनिक

काठमाण्डौ ८ असार । वरिष्ठ साहित्यकार श्रीहरि फुयाँलकाे व्यक्तित्व र लेखन झल्किने जीवनचित्र ‘बहुअायामिक व्यक्तित्व श्रीहरि फुयाँल’ सार्वजनिक भएकाे छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहकाबिच अाज उक्त पुस्तककाे विमाेचन गर्नुभयो । गोरखा जनकल्याण संघले प्रकाशन गरेकाे ९ सय ८ पृष्ठकाे उक्त पुस्तकमा साहित्यकार फुयाँलले हालसम्म रचना गरेका साहित्यिक रचना र कृतिहरुकाे बारेमा प्रकाश पारिएकाे छ । पुस्तकमा फुयाँलको लेखनका बारेमा विभिन्न वरिष्ठ साहित्यकार तथा समालोचकहरुले टिप्पणी गर्नु भएकाे छ ।

कार्यक्रममा नेपाल भाषा साहित्य र संस्कृतिका क्षेत्रमा उल्लेखनिय योगदान दिए वाफत उपराष्ट्रपति पुनले दोसल्ला र अभिनन्दन पत्र सहित सम्मान गर्नु भएकाे थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजु भण्डारले स्वागत मन्तव्य दिनु भएकाे थियो ।

‘मानवियताकाे रक्षा गराैं’ भन्ने मूल उद्देश्य लिएर अघि बढिरहेकाे काठमाण्डौकाे गंगबुमा कार्यालय रहेकाे गोरखा जनकल्याण संघले समाजमा नैतिक शिक्षामा अाधारित विभिन्न कार्यक्रमहरुकाे अायोजना गर्नै अाएकाे छ ।

shares