Breaking News

क्रोएसियासँग अर्जेन्टिनाको लज्जास्पद हार

काठमाण्डौ, ८ असार । रुसमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालार्इ क्रोएसियाले ३-० ले पराजित गरेको छ ।

बिहीबार भएको अन्तिम खेलमा क्रोएसिया र अर्जेन्टिनाले पहिलो हाफ गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा क्रोएसियाले तीन गोल गर्दा अर्जेन्टिनाले एक गोल पनि फर्काउन सकेन ।

अर्जेन्टिनालाई लज्जास्पद हार दिलाउने क्रममा क्रोएसियाका रेविकले खेलको ५३अौं मिनेटमा, लुका मोड्रिकले ८०अौं मिनेटमा र राकिटिकले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका थिए ।

यो हारसँगै अर्जेन्टिना समूह चरणबाटै बाहिरिने सम्भावना बढेर गएको छ । यता क्रोएसिया भने लगभग नकआउट चरणका लागि छनोट हुने निश्चित भएको छ । अब ग्रुप डीमा अर्जेन्टिनाले नाइजेरियासँग खेल्नेछ।

अर्जेन्टिनासँग बराबरी खेलेको आइसल्यान्डले नाइजेरिया र क्रोएसियाको सामना गर्न बाँकी छ । अंकतालिकामा अर्जेन्टिना र आइसल्यान्डको एक एक अंक छ भने नाइजेरिया अंकबिहीन रहेको छ ।

त्यसैगरी, बिहीबार नै भएको अन्य दुर्इ खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ गोलको बराबरी खेलेको छ भने फ्रान्सले पेरुलार्इ १-० ले पराजित गर्दै समूह ‘सी’मा लगातार दुर्इ खेल जित्दै ६ अंक बटुलेको छ ।

shares