Breaking News

गुन्डागर्दीमा संलग्न ‘भाले’ डन पक्राउ

काठमाण्डौ, ७ असार । काठमाडौं प्रहरी परिसरले गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई पक्राउ गरेको छ ।

काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर स्थानीय व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलार्इ महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखी सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।

shares