Breaking News

‘पनामा पेपर्स-२’ मा पनि मेस्सीको नाम सार्वजनिक

काठमाण्डौ, ७ असार । पनामा पेपर्स-२ मा प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लिओनल मेस्सीको नाम पनि परेको छ ।

खोज-पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट (आईसीआईजे)ले सार्वजनिक गरेको अवैध धन लुकाउने र कर छल्नेहरूको विवरण समेटिएको पनामा पेपर्स-२ मा मेस्सीको नाम समावेश गरिएको छ ।

पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरूले अवैध सम्पत्ति लुकाउन र कर छल्न सुरक्षित स्थान (ट्याक्स हेभन) रोज्ने गरेको खुलासा गर्दै अाएको छ । ‘पनामा पेपर्स-२’ काअनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।

मेस्सीको नाम पहिलो पनामा पेपर्सले पनि सार्वजनिक गरेको थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका भएपनि कम्पनी सक्रिय राखेर करछली गरेको पाइएको छ । स्पेनिश फुटबल क्लब बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि कर छलीको मुद्दा लागेको थियो ।

मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेकोमा पहिलो पटक २ वर्षभन्दा कम सँजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानून बमोजिम मेस्सी जेल बस्नु परेको थिएन । एजेन्सी

shares