Breaking News

प्रथम प्रदेश नं ३ स्तरीय तेक्वान्दो प्रतियोगिता भोलिदेखि सुरु हुने

भक्तपुर, ३१ जेष्ठ । नेपाल तेक्वान्दो सघं प्रदेश नं ३ को आयोजनामा प्रथम प्रदेश नं ३ स्तरीय तेक्वान्दो प्रतियोगिता २०७५ शुक्रबारदेखि भक्तपुरमा सुरु हुने भएको छ ।

भक्तपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल तेक्वान्दो सघंका अध्यक्ष केशब पूरीले तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रदेश नं ३ ले प्रदेश संघको छुट्टै शसक्त टिम बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउनको लागि यो कार्यक्रमको आयोजना गरेको बताए ।

तेक्वान्दो प्रतियोगितामा बाह्र जिल्लाले सहभागिता जनाउने भएको छ जसमा एक सय बीस खेलाडीको सहभागिता रहने कुरा पूरीले बताए । दुई दिने तेक्वान्दो खेल विभिन्न चरणमा सुरु हुने छ ।

shares