Breaking News

क-कसले पाए यस वर्षको बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार?

काठमाण्डौ, ३१ जेष्ठ । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

जनही २५ हजार रुपैयाँ राशीको उक्त पुरस्कार उपत्यका र मोफसलका रेडियो, छापा र टेलिभिजनमाध्यमका पत्रकारलाई प्रदान गरिएको हो । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सुशील दर्नाललाई प्रदान गरियो ।

त्यसैगरी रेडियोतर्फ रमेश दुलाल र मनकुमारी पुलामी, छापामाध्यमतर्फ निमेन्द्र शाहीलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । टेलिभिजनतर्फ रेणुका आचार्य र अमृता अनमोल तथा कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की र गीता चिमोरियालाई उक्त पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी यस वर्षको ‘साहसिक पत्रकार महिला पुरस्कार’ पत्रकारहरू रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, डोल्मा शेर्पा, पूर्णिमा श्रेष्ठ र देउराली चाम्लिङलाई प्रदान गरिएको छ । पुरस्कारको राशि एकमुस्ट रु एक लाख २० हजार रहेको छ ।

कार्यक्रममा पुरस्कार प्रदान गर्दे महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजमा पछाडि पारिएका समुदायको विषयमा प्राथमिकताका साथ आमसञ्चारमाध्यममा उजागर गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले निरन्तर रूपमा लामो समयदेखि बालबालिकाको क्षेत्रमा कमल चलाउने पत्रकारहरूलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिए ।

shares