Breaking News

उदयपुरमा चट्याङले ४ जना घाइते

यमन दनुवार/उदयपुर, ३१ जेष्ठ । उदयपुरको छुट्टा छुट्टै दुई स्थानमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।

अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर कटारी नगरपालिकाका वडा न. ९ बतासेमा १३ वर्षीया अस्मीता कार्की घाइते भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेको बेला बिहान २.३० बजे परेको चट्याङबाट कार्कीको घाँटीको भाग डढेको छ ।

त्यसैगरी ताप्ली गाउँपालिका वडा न. १ शाही डाडाँमा चट्याङ लागेर ५१ वर्षीय सागरनाथ सुनुवार, बुहारी २९ वर्षीया ईच्छा सुनुवार र उनकी ७ वर्षीय छोरा सुशिल घाइते भएकोले उपचारको लागि विराटनगरस्थित न्यूरोमा पठाइएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेला बिहान ३ बजे परेको चट्याङ लागेर उनीहरू तीनै जना बेहोस भएका थिए ।

shares