Breaking News

पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला टिम र मलेसिया १-१ को बराबरीमा

काठमाण्डौ, ८ जेठ । नेपाली महिला फुटबल टोली र मलेसियाबीच भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टाेलीले १–१ को बराबरीमा खेलेका छन् ।

मलेसियाको सबाह स्टेडियममा भएको खेलमा दुबै टिमले बराबरी खेलेका हुन् । पहिला खेल बराबरीमा सकिएको अवस्थामा दुबै गोल दोस्रो हाफमा भएको हो ।

पहिलो गोल ६४ औं मिनेटमा मलेसियाकी खेलाडी डड्रे रोफिनुसले गरिन् । उक्त गोलको अग्रतालाई नेपालले ३ मिनेटमा ने तोड्यो । नेपालका लागि सावित्री भण्डारीले ६७ औं मिनेटमा गोल गरिन् ।

यी दुई टिमबीचको दोस्रो मैत्रीपूर्ण खेल मे २२ मा हुनेछ ।

shares