Breaking News

भारतसँग खरिद गर्न लागिएकाे एलईडि वल्वका बिषयमा सुशासन समितिको चासो

काठमाण्डौ, ७ जेठ । नेपाल विद्युत प्राधिकरणले भारतसँग खरिद गर्न लागेको एलईडि वल्वका बिषयमा संसदीय समितिले चासो देखाएको छ ।

सिंहदरबारमा आईतबार बसेको संसदको सुशासन तथा अनुगमन समिति बैठकमा एलईडि वल्ब खरिदका बिषयमा छलफल भएको हो । बैठकले एलईडि वल्वका बिषयमा उद्योग वाणिज्य महासंघ र उपभोक्ता अधिकार मञ्चसँग छलफल गरेको थियो ।

प्राधिकरणले मन्त्रिपरिषद्को निर्णयअनुसार भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग ९ वाटको लिड बल्व खरिद प्रक्रिया सुरु गरेपछि यसको सकारात्मक तथा नकारात्मक टिकाटिप्पणी हुदै आएको थियो ।

बैठकमा केही समिति सदस्यहरुले लोडसेडिङ घटाउन एलईडि वल्व उपयोगी हुने भन्दै खरिदको बाटो खुल्ला गर्नुपर्ने धारणा राखेका थिए भने केही सदस्यले सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्न नहुने धारणा राखेका थिए । बैठकमा उपस्थित भएका वाणिज्य महासंघ र उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिले एलईडि वल्वका आवश्यकताका आधारमा सरकारले निर्णय लिन सक्ने धारणा राखेका थिए ।

shares