माअोवादी एमालेमा विलिन भएको मोहन वैद्यको टिप्पणी

ओखलढुंगा, ४ जेष्ठ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले माओवादी केन्द्र एमालेमा विलय भएको जिकिर गरेका छन् ।

ओखलढुंगामा अायोजित प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा बोल्दै वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभर्इ माओवादी केन्द्रको एमालेमा विलय भएको दाबी गरे ।

उनले उक्त परिघटनालार्इ दुई पार्टीबीचको एकता नभएर दक्षिणपन्थी अवसरवादी धारबीचको मिलन भएको प्रतिक्रिया दिएका छन् । ओखलढुंगामै आयोजित पत्रकार सम्मेलनमा उनले अब क्रान्तिकारी कम्युनिष्टहरूको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्ने पनि बताए ।

नेता वैद्यले विगतको झापा आन्दोलनदेखि दश वर्षे जनयुद्ध गरेर आएकाहरू अाफ्ना सबै इतिहास भुलेर सत्तामा गएको टिप्पणी गरे । उनले वालकृष्ण ढुंगेलको उदाहरण प्रस्तुत गर्दै आफैंले नेतृत्व गरेको आन्दोलनका कार्यकर्ता जेलमा रहेका बेला त्यही पार्टीका नेता सरकारमा रहनु विचित्र भएको बताए ।