नयाँ पार्टी दर्ताका लागि दुवै अध्यक्षले दिए अायोगमा निवेदन

काठमाण्डौ, ३ जेष्ठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

एकीकरणपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ताका लागि निवेदन बुझाएका हुन् । निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता भएका कारण ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकको निर्णयपछि दुवैजना पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् । दल दर्तासँगै दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढेको छ ।

दल दर्ताका लागि निवदेन पेश गर्दै केपी शर्मा ओलीले राष्ट्रिय पार्टीको मान्यता नपाएको पार्टीको हैसियत नरहने भन्दै नामको सम्बन्धमा कुनै कन्फ्युजन नरहेको बताए । उनले अब आधिकारिक नेपाल कम्युनिष्ट पार्टी’ नै रहेको भन्दै दल दर्ता गर्न आग्रह गरे ।

यद्दपी उनले नाममा नै अडान भने नराखिने बताए । त्यस्तै प्रचण्डले दल दर्ताका लागि माईनुट तयार पारेको भन्दै हस्ताक्षर आइसकेपछि दर्ताका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीले दर्ताका लागि अप्ठेरो परे नाम परिवर्तन गर्ने जिम्मा नेकपा एमालेका तर्फबाट नेता सुबास नेम्वाङ र केन्द्रको तर्फबाट देव गुरुङलाई दिइएको छ। उनीहरूले अधिवक्ता मुक्ति प्रधानको नेतृत्वमा रहेको तीन सदस्यले सघाउने छन् ।