Breaking News

नयाँ पार्टीको पहिलो बैठक: नयाँ शैलीमा सबै सदस्यले लिए सपथ

काठमाण्डौ, ३ जेष्ठ । नेकपा एमाले र नेकपा माओवादी पार्टी औपचारिक रूपमा विघटन गरिएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको दुईदलको संयुक्त केन्द्रिय समिति बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी विघटनको घोषणा गरेका हुन् ।

दुवै दलका अध्यक्षले प्रस्ताव गरेको नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीलाई बैठकले सर्वसम्मतले पारित समेत गरेको छ । बैठकलाई सम्बोधन गर्दे केपी शर्मा ओलीले तीन महिनाभित्र भ्रातृ संगठनहरूको एकीकरणलाई टुंग्याइने जानकारी दिए । उनले सबै संगठनको एकीकरणमा ढिलाइ नगरिने पनि बताए ।

त्यस्तै बैठकमा प्रचण्डले एकीकृत दलको नाम, निर्वाचन चिन्ह, विधान, एकीकृत पार्टीको संरचना लगायतको प्रस्ताव पेश गरेका थिए भने बैठकले सर्वसम्मतले उक्त प्रस्ताव पारित गरेको थियो ।

यस्तै बैठकमा केन्द्रीय सदस्यहरूले सपथ ग्रहण समेत गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरूले एकैपटक सपथ ग्रहण गरेका हुन् ।

shares