Breaking News

एमाले र माअोवादी केन्द्र विघटन, अाजै अायोगमा नयाँ दल दर्ता गर्दै

काठमाण्डौ, ३ जेष्ठ । पार्टी एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर बन्ने नयाँ दल ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।

एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति बैठक बालुवाटारमा र माओवादीको सचिवालयको विस्तारित बैठक प्रचण्ड निवास खुमलटारमा बसेको छ । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ ।

दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने भएका छन् । तर, उक्त नाम गरेको पार्टी पहिले नै निर्वाचन आयोगमा दर्ता भैसकेको कारण समस्या देखिएको छ । यद्यपि, दल दर्ता प्रक्रियाअघि बढाउँदा समस्या परे नाम संशोधन गर्ने सहमति भएको छ ।

shares