Breaking News

सरकारले मलेसिया जाने नेपाली कामदारसँग लिने अतिरिक्त शुल्क खारेज गर्ने

काठमाण्डौ, ३ जेष्ठ । सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेज गर्ने भएको छ ।

श्रम, वैदेशिक, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मलेसिया जाने नेपाली कामदारबाट एकपक्षीय र अवाञ्छित रूपमा लिइएका शुल्क अन्त्य गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले अतिरिक्त शुल्क खारेज गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कूटनीतिक पहल गर्ने जानकारी दिए ।

नेपाल र मलेसियाको श्रम सम्झौतामा समेत नभएका ३९ वटा स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य परीक्षणको व्यवस्था हटाइने उनको भनाइ छ । उनले परीक्षणमा अनलाइन माइग्रामका नाममा प्रतिकामदार रू १ सय २५, मलेसियन दूतावासमा एकीकृत सेवाका नाममा लिइने दुई हजार ८ सय र भ्याट, माइग्रेसन सेक्युरिटी बापत तीन हजार २ सय पनि तिर्न पर्ने व्यवस्था खारेज हुने जानकारी दिए ।

त्यस्तै मन्त्री बिष्टले भीसा शुल्क अनलाइनबाट प्रक्रिया गर्न तीन हजार २ सय लिने काम अवैध, अवाञ्छित र गैरकानूनी भएकाले खारेज गराइने पनि बताए । सरकारको उक्त निर्णयले वैदेशिक रोजगारका लागि मलेसिया जाने प्रतिकामदारको करिब १८ हजार बचत हुने देखिएको छ ।

shares