Breaking News

अोली भन्छन्- कांग्रेस अब अाफूूहरूको प्रतिस्पर्धी रहेन

काठमाण्डौ, ३ जेष्ठ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको एकता पछिको पार्टीले नेपालको नयाँ आशा भरोसा र भविष्यको संकेत गर्ने बताएका छन् ।

२५ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा बिहीबार नेकपा एमालेले काठमाडौंको बल्खुमा आयोजना गरेको कार्यक्रममा उनले दुईवटा पार्टीको एकता चानचुने नभएको र यसले देशलाई नयाँ उचाइमा लैजाने पनि दावी गरे । ओलीले कांग्रेस अब आफूहरूको प्रतिस्पर्धी दल नरहेको भन्दै कांग्रेसको पनि लामो योगदान र इतिहास रहेकोले उसलाई पनि सँगै लिएर देशको सम्बृद्धिमा लाग्ने बताए ।

देशमा अधिनायकवाद आउने हल्ला चलाइएको भन्दै उनले भ्रष्टाचार गर्न नभर्इ भ्रष्टाचार नियन्त्रण गर्न, कुशासन चलाउन नभई सुशासन चलाउन र देशलाई नयाँ उचाइमा पुर्याउन नयाँ दल घोषणा गर्न लागिएको बताए । स्वर्गीय मदन भण्डारीले देखाएको बाटो अब विस्तारित र फराकिलो बनेको र यसले आगामी दिनमा अरु बढी सामथ्र्य र प्रभाव देखाउने ओलीको दावी छ ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवसको दिन एमाले र माओवादीबीच पार्टी एकता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । उनले मदन आश्रित स्मृति दिवसको दिन पार्टी एकता गरौं भनेर आफूले नै प्रस्ताव गरेको जानकारी पनि गराए ।

एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा एमालेले पुरानो पार्टी कार्यालय बल्खुमा विशेष कार्यक्रमको आयोजना गरेको हो । २०५० साल जेठ ३ गते आजकै दिन पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउँदै गर्दा भण्डारी र आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटनामा परेको थियो । जीपका चालक अमर लामा जिवित रहेपनि नेताहरूको निधन भएको थियो । भण्डारी र आश्रित चढेको गाडी दासढुंगामा दुर्घटनामा परेको दिनको सम्झना गर्दै एमालेले मदन आश्रित दिवस मनाउँदै आएको छ ।

shares