पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाण्डौ, ३ जेष्ठ । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहीबार काठमाडौको विभिन्न क्याम्पसअगाडि प्रर्दशन गरेको छ ।

सरकारले जनतालाई मर्कामा पार्नेगरी निरन्तर रूपमा पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको भन्दै उनीहरूले प्रर्दशन गरेका हुन् । उनीहरूले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता नलिए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

विरोध प्रर्दशनमा उनीहरूले सरकार अधिनायकवादतर्फ लम्केको भन्दै कडा नाराबाजी गरेका थिए । नेपाल आयल निगमले गएरातीदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई-दुई रूपैयाँ मूल्य वृद्धि गरेको छ ।