पहिरो फालेपछि नारायणगढ–मुग्लिन सडक पुनः खुल्यो

चितवन, ३ जेष्ठ । सडकमा पहिराे खसेपछि बिहीबार बिहानैदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः खुलेको छ ।

इन्छाकामना गाउँपालिका–६, कालीखोलामा खसेको पहिराे पन्छाएपछि बन्द राजमार्गकाे अावागमन पुनः सुचारू भएकाे हाे ।

बिहान ५ः४५ बजे सडकमा खसेको पहिरो अाजै ७ः४५ बजे पन्छाइएकाे जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

सडक विस्तारको कारण दिउँसोको समयमा अावागमन बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गरेको छ । सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा अहिले पानी पर्नासाथ पहिरो खस्ने समस्या बढेको छ ।