Breaking News

तेन्जिंग हिलारी सगरमाथा म्याराथन को १५ औ संस्करणको तयारी पूरा

काठमाण्डौ, २ जेष्ठ । तेन्जिंग हिलारी सगरमाथा म्याराथन को १५ औ संस्करणको तयारी पूरा भएको छ । आयोजक तेन्जिंग हिलारी एभरेष्ट म्याराथन प्रालीले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्देै हरेक वर्ष मे २९ तारिखका दिन हुँदै आएको तेन्जिंग हिलारी सगरमाथा म्याराथनको तयारी पूरा भएको जनाएको हो ।

म्याराथनमा ३० देशका एक सय ५० विदेशीसहित झण्डै तीन सय धावक सहभागी हुनेछन् । धावकहरू बिहीबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्ने आयोजकले जनाएको छ । म्याराथनमा ६० किलोमिटरको अल्ट्रा दौड, ४२ दशमलव १९५ किलोमिटरको ओलम्पीक स्तरको फुल म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन हुने तन्जिंग हिलारी एभरेष्ट म्याराथनका संयोजक बिक्रम पाण्डेले जानकारी दिए ।

अल्ट्रा दौड र फुल म्याराथन सगरमाथा आधारशिवीरबाट सुरु भई नाम्चे बजारमा समापन हुने र हाफम्याराथन भने दिङ्बोचेबाट सुरु भई नाम्चेबजारमा पुगी समापन हुने पाण्डेले जानकारी दिए । उनले म्याराथनसंगै सगरमाथा सफाईको अभियान पनि चलाईने जानकारी दिए ।

तेन्जिंग हिलारी सगरमाथा म्याराथनमा पुरुष खुल्लातर्फको बिजेताले दुईलाख, उपविजेताले दुई लाख र तेश्रो हुनेले ७५ हजार पाउनेछन् भने महिला खुल्लातर्फको बिजेताले १ लाख, दोश्रो हुनेले ७५ हजार र तेश्रो हुनेले ५० हजार पाउनेछन् । त्यस्तै अल्ट्रा दौडतर्फ प्रथम हुनेले एक लाख र हाफ म्याराथनतर्फ बिजेताले ५० हजार पाउने आयोकजले जनाएको छ ।

shares