साढे दुर्इ करोड नक्कली नोटसहित ६ जना पक्राउ

काठमाण्डौ, २ जेष्ठ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट दुई करोडभन्दा बढी नक्कली रूपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महेन्द्र बोगटी, सुजित तामाङ, सुजन तामाङलगायत रहेका महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरूको साथबाट दुई करोड  ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ । परिसरअन्तगर्तको प्रहरी प्रभाग, नयाँ बसपार्कको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । सक्कली जस्तै देखिने नोटहरू गोंगबु, धापाखेल र बागबजारबाट छापा हानी बरामद गरेको हो । नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

यस्ता नक्कली नोट उनीहरूले होटल, रेष्टुरेन्टको बिल तिर्ने, यौनकर्मीलाई दिने, जुवा खेल्ने, लागू औषध किन्ने अादिमा प्रयोग गर्ने गरेका थिए ।