Breaking News

सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ संसदमा पेश

काठमाण्डौ, २ जेष्ठ । सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तमाङले उक्त विधेयक पेश गरेका हुन् । सार्वजनिक सुरक्षा ऐन २०४६ लाई समयानुकूल परिवर्तन गर्न आवश्यक भएकाले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ विधेयक तयार गरिएको उनले जानकारी दिए ।

यसअघि बैशाख दोश्रो साता बसेको मन्त्रिपरिषद्ले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ सदनमा पेश गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते शुक्रबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ ।

shares