प्रसिद्ध क्यानेडेली मानवअधिकारकर्मी बाल-यौनदूराचारको अभियोगमा नेपालमा पक्राउ

काठमाण्डौ, २ जेष्ठ । एक प्रसिद्ध क्यानेडेली मानवअधिकारकर्मी एवम् भूतपूर्व उच्च स्तरीय संयुक्त राष्ट्रसंघीय अधिकारी पिटर डलग्लिश नेपालमा बाल-यौनदूराचारको अभियोगमा पक्राउ परेका छन् ।

गत अप्रिल महिनामा ६० वर्षीय डल्ग्लिशलार्इ केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बालयौन दूराचार गरेको अभियोगमा पक्राउ गरेको थियो । उनीमाथि १२ र १४ वर्षीय दुर्इ बालकमाथि लामो समयदेखि यौनशोषण गरेको अारोप लागेको छ भने जिल्ला अदालतले उनलार्इ १३ वर्षको जेल सँजाय सुनाएको छ ।

क्यानडाको अोन्टारिअो घर भर्इ हाल नेपालमा बस्दै अाइरहेका डलग्लिश भूकम्प पीडित र निम्न अार्थिकस्तर भएका परिवारलार्इ विभिन्न किसिमका राहत सहयोग उपलब्ध गराउने र त्यस्ता परिवारका बालबालिकालार्इ पठनपाठनमा सहयोग पुर्याउनेजस्ता क्रियाकलापमा संलग्न रहिअाएका थिए । उनी बालअधिकारको पक्षमा अावाज उठाउँदै अाएका एक चर्चित वकिल पनि हुन् ।

पिटरले नेपालको राजधानी सहर काठमाण्डौदेखि दूर्गम गाउँहरूमा कमाएको ‘हिरो’को ख्याति एकाएक गुमाएका छन् । उनी थाइल्याण्डबाट ल्याइएका चकलेट केटाकेटीलार्इ बाँड्नेदेखि भूकम्पले भत्किएका घरहरूको पुनर्निर्माण गर्न सघाइरहेका हुन्थे । उनले गाउँलेहरूबाट कमाएको विश्वास र प्रख्यातिको गलत फाइदा उठाउँदै बालकहरूलार्इ जम्मा गरी रात बिताउने तथा यौन शोषण गर्ने गरेको पाइएको छ । सन् २००२ पछि नेपाल छिरेका डल्ग्लिश बालबालिकालार्इ विदेश लैजाने मीठा सपना देखार्इ ललाइफकाइ गरी वासना पूरा गर्ने गर्थे ।

नेपालमा मात्र नभर्इ उनले सडक बालबालिकालार्इ सहयोग एवं उद्धार गरी विश्वमै नाम कमाउन सफल भएका थिए । मानव अधिकारको क्षेत्रमा उनले निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै दुर्इ वर्षअघि सन् २०१६ मा उनलार्इ क्यानडकै दोस्रो ठूलो नागरिक सम्मान ‘द अर्डर अफ क्यानडा’ प्रदान गरिएको थियो । गत वर्ष मात्रै उनले  #MeToo जस्तै अभियान #AidToo सुरु गरेका थिए ।

उनीमाथि लागेको यौन दूर्व्यवहारसम्बन्धी मुद्दाले विश्वका तमाम मानवअधिकारकर्मीहरूमाथि नै प्रश्न चिन्ह लागेको छ । नेपालजस्तो गरिब देशमा फितलो प्रशासनिक अनुगमन र कानूनको फाइदा उठाउँदै पिटरजस्ता कैयन् मानवअधिकारवादी एवं संघसंस्थाहरूमार्फत् समाजसेवाको नाममा मानव बेचबिखन एवम् यौन शोषण इत्यादिमा संलग्न भइरहेको हुनसक्ने सीअार्इबीका प्रमुख पुष्कर कार्की बताउँछन् ।