Breaking News

कैलालीमा भारतीय पर्यटक बढे, कर्णाली नदीमा १ हजार ४ सयलाई एकैदिन र्याफ्टिङ गराइने

धनगढी २ जेठ । कैलाली भ्रमण बर्षकाे घोषणासंगै जिल्लामा भारतीय पर्यटककाे अाउनेक्रम बढेकाे छ । बैशाख २२ गते जिल्ला समन्वय समिति कैलालीले कर्णाली नदीकाे किनारबाट भ्रमण बर्ष २०७५ काे अाैपचारिक घोषणा गरेपछि भारतीय पर्यटककाे संख्यामा बृद्धि भएकाे हो ।

कैलाली जिल्लामा रहेका पर्यटकिय स्थलहरु मध्ये कर्णाली नदीकाे र्याफ्टिङ, टीकापुर पार्क, बेहडाबाबा मंदिर, घोडाघोडी ताल, गोदावरी क्षेत्र  भारतीय पर्यटकहरुका लागि रोजाईका स्थल बनेका छन ।

जिल्ला समन्वय समिति कैलाली अान्तरिक पर्यटनकाे विकासका साथसाथै उल्लेख्य मात्रामा भारतीय पर्यटकहरुलाई कैलालीमा भित्र्याउने योजनाका साथ काम गरिरहेकाे छ । सिमावर्ती भारतीय सहरहरुमा कैलाली जिल्लाका पर्यटकीय स्थलहरुकाे बारेमा प्रचार- प्रसार गर्न सुरु गरिएकाे कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले बताए ।

पर्यटन व्यवसायका माध्यमद्वारा जिल्लामा अार्थिक समृद्धि ल्याउने कुरामा जिल्लाका १३ वटै स्थानिय निकास सहमत रहेकाे जिल्ला समन्वय समितिका प्रमुख थापाले बताए । भ्रमण बर्ष घोषणा यताकाे एक सातामा पाँच सय बढी भारतीय पर्यटकले कैलाली जिल्लाका पर्यटकीयस्थलहरुकाे भ्रमण गरिसकेकाे थापाले बताए ।

जिल्लाकाे अार्थिक समृद्धिमा  पर्यटन व्यवसायकाे महत्वपूर्ण भुमिका हुनसक्ने भएकाले भ्रमण बर्ष अायोजना गरिएकाे कैलाली क्षेत्र नम्बर २का संघिय सांसद झपट रावलले बताए । सांसद रावल कैलाली भ्रमण बर्ष २०७५ का सल्लाहकार संयोजक समेत हुन ।

केही बर्ष यता कैलाली जिल्लामा अान्तरिक पर्यटककाे संख्यामा उल्लेख्य बृद्धि भएता पनि भारतीय पर्यटकहरुकाे अावागनम न्यून रहेकाे  थियो । कैलाली भ्रमण बर्षकाे मुख्य लक्ष्य बढी भन्दा बढी भारतीय पर्यटक भित्र्याउनु रहेकाे छ। भ्रमण बर्ष घोषणाकै दिन एक सय भन्दा बढी भारतीय पर्यटकहरुले कैलालीका पर्यटकीय स्थलहरुकाे भ्रमण गरेका थिए ।

जाडो महिनाकाे तुलनामा गर्मी माैषममा भारतीय पर्यटककाे संख्या बढनसक्ने अनुमान गरिएकाे छ । कर्णालीकाे चिसो पानीमा र्याफ्टिङ र जलबिहार गर्न भारतीयहरुले बढी रुची देखाएकाे भारतीय सहर लखिमपुरका तुषार गर्गको भनाई छ । भ्रमणकाक्रममा टीकापुरमा केराका परिकार धैरै मन पराएकाे भारतीय पर्यटक मुकेश बर्नवालले बताए ।

पर्यटकहरुकाे अागमनमा स्थानिय संघसंस्थाहरुले स्वागत तथा सम्मान कार्यक्रमकाे अायोजना गरेका थिए । पर्यटकहरुलाई स्थानिय संघसंस्थाहरुले स्वागत र सम्मान गर्नु सकारात्मक भएकाे पर्यटक मुकेश बर्नवाले बताए ।

अहिले धनगढी, अत्तरिया, बाैनिया, लम्कि, चिसापानी र टीकापुरमा पर्यटकहरुका लागि सुविधायुक्त होटल तथा रेस्टुराहरु सञ्चालनमा रहेकाले पनि पर्यटकलाई कैलाली भ्रमण सहज बनेकाे छ ।

१ हजार ४ सयलाई एकै पटक र्याफ्टिङ गराइने 

कैलाली भ्रमण बर्ष २०७५ काे अवसर र कैलाली जिल्ला समन्वय समितिकाे सहयोगमा गोदावरी चेम्बर अफ कमर्सले कर्णाली नदीमा एकैसाथ १ हजार ४ सय जनालाई र्याफ्टिङ गराउने भएकाे छ ।

‘सम्वृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ गरिने उक्त र्याफ्टिङ कार्यक्रमलाई ‘द कर्णाली वान्डरफुल वान डे’ नाम दिइएकाे छ ।

जेठ १८ गते अायोजना गरिने उक्त र्याफ्टिङमा एक सय डुङ्गामा १ हजार ४ सय जनालाई जलयात्रा गराईने गोदावरी चेम्बर अफ कमर्स अत्तरियाका अध्यक्ष विनोद मल्लले बताए । यस कार्यक्रममा सहभागिहुन भारतका विभिन्न सहरबाट २ सय पर्यटक अाउने निश्चित भएकाे अध्यक्ष मल्लले जानकारी दिए ।

यति ठूलो संख्यामा एकै पटक र्याफ्टिङ  गराउनु विश्वमै पहिलो हुने मल्लकाे दाबी छ । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार, उद्योगी, व्यवसायी, पत्रकार, सञ्चार उद्योगी लगायतकाे सहभागिता रहने अपेक्षा गरिएकाे छ । सहभागिहरुलाई स्थानिय खानाका परिकारबाट स्वागत गरिने छ । र्याफ्टिङकाे लागि रु. २१०० शुल्क तय गरिएकाे छ ।

यसैबीच कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले कर्णाली कोरिडरका पर्यटकिय स्थलहरुकाे प्रचार प्रसार गर्नु र पर्यटन व्यवसायबाट अार्थिक समृद्धिकाे लक्ष्य पुरा गर्नु कार्यक्रमकाे उद्देश्य रहेकाे बताए ।

‘द कर्णाली वान्डरफुल वान डे’लाई सफल बनाउन जिल्ला समन्वय समितिले सम्बन्धित सबैलाई अाव्हान गरेकाे छ।

shares