Breaking News

मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त फेला, चालक दलका दुवै सदस्यको निधन

सुर्खेत, २ जेष्ठ । मकालु एयरको वेपत्ता कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ ।

बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमा नजिक राया र थाली भन्ने ठाँउको बाउन खर्क भन्ने ठाउँमा तीन टुक्रा भएको अवस्थामा फेला परेको हो । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो । विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेको छ। ९ एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए ।

shares