Breaking News

पोखरा लेखनाथ नगरपालिकामा एमालेकै अग्रता

जीवन सुवेदी / पोखरा, ४ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

ताजा मतपरिणाम अनुसार मेयर र उपमेयर दुबैमा एमालेको अग्रता कायम छ । मेयर पदमा एमालेका मानबहादुर जिसीले ९ हजार ५ सय १० मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले ९ हजार २ सय १४ मतका साथ पछ्याइरहेका छन् ।

त्यस्तै उपमेयर तर्फ पनि एमालेकै उम्मेदवार मन्जु गुरुङको अग्रता कायम छ । उनको ९ हजार २ सय ९५ मत रहेको छ भने नेपाली कांग्रेसकी सरस्वती गुरुङको ८ हजार २६ मत रहेको छ ।

shares