मेची-महाकाली सांगीतिक अभियान हुने: सम्पन्न हुन साढे दुर्इ वर्ष लाग्ने

गुञ्जनराज गिरी/काठमाण्डौ, ४ बैशाख । मेची-महाकाली सांगीतिक अभियान अन्तर्गतको मेची-महाकाली सांगीतिक कार्यक्रम बैशाख ७ गतेबाट सुरु हुने भएको छ ।

संगीतकार संघ नेपालको प्रस्तुतीमा सो कार्यक्रम हुन लागेको हो भने यही ७ गतेदेखि अभियानको काठमाण्डौस्थित अार्मी अफिसर्स क्लबबाट सुरु हुने भएको हो । काठमाण्डौमा एक कार्यक्रमको अायोजना गरी सोको जानकारी संगीतकार संघ नेपालका महासचिव महेश खड्काले बताए ।

बैशाख ७ गते हुने कार्यक्रममा नेपालका ५० भन्दा बढी ख्याति प्राप्त कलाकारहरूले सांगीतिक प्रस्तुती दिने छन् । कलाकारहरूमा प्रेमध्वज प्रधान, योगेश वैद्य, दीप श्रेष्ठ, दिपक खरेल, मिरा राणा, कुन्ती मुक्तान, जेबी टुहुरे, शम्भु रार्इ, नारायण रायमाझी, उदय/मनिला सोताङ, राजेश पायल रार्इ, सत्यराज/स्वरूपराज अाचार्य, जेम्स प्रधान, दिपक बज्राचार्य, योगेश अमात्य, एड्रियन प्रधान, शिशिर योगी, कोमल वली, बद्री पंगेनी, तुल्सी पराजुली, शशी रावल, दिपक लिम्बु, प्रमोद खरेल, कमल खत्री, वसन्त/चेतन सापकोटा, अर्जुन पोखरेल, विश्व नेपाली, अजर जंगम, टिका पुन, रामजी खांड, युवराज चौलागार्इँ, मिना निरौला, मेलिना रार्इ, बिन्दु परियार, उदेश श्रेष्ठ अादि रहेका छन् ।

मेची-महाकाली सांगीतिक अभियान अन्तर्गत काठमाण्डौका लागि मुख्य प्रायोजकको रूपमा सिटिजन बैंक र नेपाल टेलिकमले सघाएका छन् । सो अभियान पूरा हुन कम्तिमा पनि साढे दुर्इ वर्ष लाग्ने र ७७ जिल्लाको ९० स्थानमा सांगीतिक कार्यक्रम हुने अायोजकले जनाएको छ । कार्यक्रमबाट उठेको रकममध्येबाट अभियानमा सहभागी कलाकारहरूलार्इ केही पारिश्रमिकसमेत दिइने महासचिव खड्काले बताए ।

मेची-महाकाली सांगीतिक अभियानभर करिब २ सय ५० जना संगीतकर्मीहरूले सहभागिता जनाउने छन् । साथै स्थानीय कलाकारहरूले पनि सांगीतिक प्रस्तुती दिनेछन् । सांगीतिक अभियानमा नेपालमा गाइने विभिन्न विधाका गीतहरू समावेश रहने छ । त्यसपछि हुने अर्को कार्यक्रमको स्थान र समयबारे पत्रकार सम्मेलन गरी जानकारी गराइने अायोजकले जनाएको छ । मेची महाकाली सांगीतिक अभियानको मूल नारा ‘राष्ट्रिय एकता र सद्भावका लागि’ रहेको छ ।