‘भारत’मा सलमानको चर्चा, देखिनेछन् यस्तो

मुम्बर्इ, ४ बैशाख । कालो हरिण शिकार काण्डमा जमानत राखेर जेलबाट रिहा भएका सलमान खान छिट्टै अाफ्नो अागामी फिल्मको शुटिंग सक्काउन तल्लीन देखिएका छन् ।

हालै ‘रेस३’ को शुटिंग भ्याएपछि सलमानले बहुप्रतिक्षित फिल्म ‘भारत’ को शुटिंग सुरु गरेका छन् । फिल्म डाइरेक्टर अब्बास जफरले ट्वीट गरेर उक्त कुराको जानकारी गराएका हुन् । अब्बासले ट्वीटमा लेखेका छन्, “फिल्म ‘भारत’को प्रि-प्रोडक्शन सुरु गरिएको छ । यसबारे छिट्टै कैयौं रोमाञ्चक जानकारी बाहिर अाउने छन् ।”

फिल्मको सेटमा सलमान खानको पहिलो फोटो सार्वजनिक गरिएको छ । फोटोमा सलमान खैरो रंगको टी-सर्ट एवं निलो जिन्स लगाएर क्ल्यापको पछाडि उभिएका देखिन्छन् । तर उनको अनुहार भने स्पष्ट रूपमा देख्न सकिंदैन ।

फिल्ममा सलमानलार्इ साथ दिन मुख्य अभिनेत्रीको नाम पनि फाइनल भइसकेको छ । उनलार्इ साथ दिंदै प्रियंका चोपडा रोमान्समा उत्रने कुराको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत् दिएका हुन् ।