मेयरको गाडी दुर्घटना, अवस्था गम्भीर

रुकुम, ४ बैशाख । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा चढेको गाडी दुर्घटनामा परेको छ ।

मंगलबार पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्न जाँदै गर्दा शर्माको गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी मेयर शर्मा गम्भीर घाइते भएका छन् । त्यस्तै गाडीमा सवार अन्य पनि घाइते भएको जनाइएको छ ।

मेयर शर्माको टाउकोमा गम्भीर चोट लाग्नुको साथै कुमको जोर्नी भाँचिएको चौरजहारी उध्योग वाणिज्य सघका अध्यक्ष तेज बिष्टले जानकारी गराए । मेएर शर्मालार्इ अहिले उपचारार्थ चौरजहारी सामुदायिक अस्पताल पुर्याइएको छ ।