Breaking News

चट्याङ लागेर एक जनाको मृत्यु

विराटनगर, ४ बैशाख । चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एक जनाको मृत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् ।

सोलुखम्बुको दूधकोशी–७ का ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन् । दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पूण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् ।

घाइते दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ । -रासस

shares