Breaking News

भक्तपुरमा कतै निर्वाचन, कतै विजय र्‍याली

भक्तपुर ३ जेठ । वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुन नसक्दा भक्तपुर चाँगुनारायण नगरपालिकाको केन्द्र ‘ख’ मा निर्वाचन भइरहेको छ ।

यहाँ वैशाख ३१ गते भएको मतदानमा नवलपरासीको मतपत्र आएको भन्दै विवाद बढेको थियो । विवाद समाधान हुन नसकेपछि निर्वाचन आयोगले आज यहाँ मतदान गरेको हो ।

भक्तपुर नगरपालिकाका वडा नं १, २ र ३ मा नेमकिपाले विजयी हासिल गरेको छ । यसैगरी सूर्यविनायक नगरपालिका वडा नं १ मा एमाले र मध्यपुरमा १ र २ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । विजय सँगै यी नगरका वडामा विजयी र्‍याली भइरहेको छ ।

त्यस्तै सूर्यविनायक नगरपालिकाको अहिलेसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अगाडि देखिएको छ । त्यस्तै भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी र मध्यपुरमा कांग्रेसले अग्रता गरिरहेका छन् ।

shares