Breaking News

अबदेखि यी ६ ठाउँबाहेक अन्यत्र विरोध तथा प्रदर्शन गर्न नपाइने

काठमाण्डौ, २ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका छ स्थानलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको छ ।

प्रशासन कार्यालयले अाइतबार विज्ञप्ति जारी गरी वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको चौर, स्वयम्भूको भुइँखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण मैदान, लैनचौरस्थित खुला स्थान र सिफलस्थित चौरमा मात्र विरोध र प्रदर्शन गर्न पाइने जनाएको हो ।

गृह प्रशासन सुधार कार्ययोजना अनुसार तोकिएको ठाउँमा मात्र विरोध प्रदर्शन गर्न पाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला सुरक्षा समितिको बैठकले सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको हो । यीबाहेकका ठाउँमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न पाइने छैन ।

shares