Breaking News

अस्थायी शिक्षक परीक्षालार्इ नियुक्ति पत्र दिने माध्यम नबनाउने शिक्षा मन्त्रीको भनाइ

काठमाण्डौ, २ बैशाख । शिक्षा मन्त्रालयले शिक्षक परीक्षाका लागि खुलातर्फ पनि विज्ञापन निकाल्ने प्रक्रिया अघि बढेको जनाएको छ ।

खुलातर्फको परीक्षा संचालनका लागि कानून मन्त्रालयसंगको छलफलपछि अनुमति प्राप्त भइसकेको भन्दै आन्तरिक प्रतियोगितालाई पनि संगै अघि बढाउने मन्त्रालयले जनाएको हो । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयको आग्रहमा शिक्षकको परीक्षा स्थगन गरिएको भन्दै अब शिक्षक सेवा आयोगले लिने परीक्षा गुणात्मक शिक्षक छनोटका लागि हुनुपर्ने उल्लेख गरे ।

अस्थायी शिक्षकहरूको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने उनको भनाइ छ । त्यस्तै मन्त्री पोखरेलले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउन आग्रह पनि गरे । उनले विद्यार्थी भर्नासंगै विद्यार्थीहरूलाई विद्यालयमा टिकाइराख्ने चूनौति पनि सरकारसामु रहको भन्दै भर्नापछिको सम्पूर्ण खर्च सरकारले व्यहोरेर भएपनि अभियानलाई सफल बनाउने धारणा राखे । उनले सरकारको अभियानमा सहभागी हुन अपिल पनि गरे ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अभियान अन्तर्गत प्रधानमन्त्री केपी ओलीले मुगुको मुगुन कार्मारोङ् गाउँपालिकाकी थिन्ले साङ्मु लामालाई र आफूले कार्मा याङ्जिङ् लामालाई मुगुको बुद्ध माविमा भर्ना गरेको जनाकारी दिए । भर्ना अभियान अन्तर्गत सरकारले विद्यालय पोशाक, पाठ्यपुस्तक र झोला उपलव्ध गराउने मन्त्रालयले जनाएको छ ।

shares