Breaking News

बिस्केट जात्रामा रथले च्यापिएर दुई घाइते

भक्तपुर, २ बैशाख । बिस्केट जात्रामा रथले च्यापिएर दुई घाइते भएका छन् । हिजो लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याउने क्रममा रथको पाङ्ग्राले च्यापिएर दुई घाइते भएका हुन् ।

घाइते हुनेमा भक्तपुर च्यासुखेलका १७ वर्षका बिकेश माक र चन्द्रगिरी ३ थानकोटका २० वर्षका सरोज महर्जन रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उपचारका लागि भक्तपुर अस्पतालमा लगिएका घाइतेहरूलाई त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मध्यपुर अस्पताल रिफर गरिएको परिसरका सूचना अधिकृत एवं डिएसपी कृष्ण प्रसाईंले जनाएका छन् ।

shares