Breaking News

मध्यपुर थिमीमा सिन्दुर जात्रा मनाइँदै

भक्तपुर, २ बैशाख । विस्केट जात्राको छैठौं दिन आज मध्यपुर थिमीमा सिन्दुर जात्रा गरी धुमधामकासाथ मनाइँदै छ ।

जात्रामा थिमी क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरी नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेतापनि जात्रामा अहिले १९ खटमात्रै सहभागी छन् । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने र सबै खटहरू बालकुमारी चोकमा पुर्याउने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

त्यसैगरी आज दिउँसो थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

shares