सर्वोच्चमा आजदेखि दैनिक पत्रकार सम्मेलन

काठमाण्डौ, २ बैशाख । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ ।

अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि साढे ५ र शुक्रबार साढे ३ देखि ४ बजेसम्म पत्रकार सम्मेलन गरिने सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जनकारी दिए ।

प्रवक्ता पन्थीले सर्वोच्चबाट दैनिक हुने न्याय सम्पादनबारे सञ्चारमाध्यममा पहुँच पुर्‍याउनका लागि पत्रकार सम्मेलन गर्न लागिएको जनाए । रासस