Breaking News

भक्तपुर नपामा नेमकिपाले खाता खोल्यो

 भक्तपुर, २ जेठ । भक्तपुरजिल्लाको भक्तपुर नगरपालिकाको वडा नं १ मा नेपाल मजदूर किसान पार्टीका उम्मेदार श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भएकाे छ।
खत्रीले एक हजार ३ सय ७६ मत ल्याई विजयी भएका थिए भने काँग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याएका थिए । भने एमालेका नारायण सुन्दर सिन्ताकलले ४ सय ३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गंगालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज सिल्पकार र सूर्य प्रसाद श्रेष्ठ विजयी भएका छन् ।
shares